दफा
शिक्षाको अवसरबाट वञ्चित वा बीचैमा पढाइ छाडेकाहरूलाई

२. शिक्षाको अवसरबाट वञ्चित वा बीचैमा पढाइ छाडेकाहरूलाई औपचारिक शिक्षा सरह मान्यता भएको अनौपचारिक शिक्षा प्रदान गरिनेछ ।

यस नीति अन्तर्गत निम्नलिखित कार्यनीतिहरू अपनाइने छन् ः

♦ वैकल्पिक विद्यालय शिक्षालाई प्राथमिक तह समकक्षी बनाइनेछ ।
♦ प्रौढ÷महिला साक्षरता कक्षालाई क्रमशः प्राथमिक तहको समकक्षी बनाइनेछ ।
♦ वैकल्पिक विद्यालय शिक्षा कार्यक्रमलाई क्रमशः बाह्र कक्षा बराबरको बनाइनेछ ।
♦ खुला विद्यालयमार्फत निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक तह बराबरको शिक्षा दिइनेछ ।
♦ खुला विश्वविद्यालयलाई अरु विश्वविद्यालयको समकक्षी बनाइनेछ ।
♦ पेशागत र व्यावसायिक कोर्सहरूलाई ननक्रेडिट कोर्सको रूपमा विकसित गरिनेछ ।
♦ संश्लेषित ९ऋयलमभलकभम० कोर्सको सहयोगले औपचारिक र अनौपचारिक शिक्षाका कार्यक्रमहरूलाई एक अर्काको समकक्षी बनाइनेछ ।
♦ सामुदायिक अध्ययन केन्द्रलाई शिक्षाको विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने थलोको रूपमा विकसित गरिनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ विभिन्न उमेर समूहका बालबालिका, किशोर किशोरी, प्रौढ तथा महिलाहरूका लागि उपयोगी हुनेगरी अनौपचारिक शिक्षाको कार्यक्रम बनाउने ।
♦ औपचारिक शिक्षोन्मुख अनौपचारिक शिक्षा कार्यक्रमका पाठ्यक्रमहरू प्राथमिक तहदेखि क्रमशः विश्वविद्यालय तहसम्मको शिक्षासँग मिल्दोजुल्दो बनाउने ।
♦ संश्लेषित पाठ्यक्रम तथा पाठ्यांशहरू बनाउने र लागू गरिने । यस्ता पाठ्यक्रम एवम् पाठ्यविषयहरू प्राथमिक तहदेखि क्रमशः विश्वविद्यालय तहसम्मका हुने ।
♦ स्वाध्यायनबाटै पढेका व्यक्तिहरूलाई उनीहरूको योग्यताअनुसार परीक्षा र मूल्यांकनका लागि आधिकारिक शैक्षिक संस्थाद्वारा परीक्षाको माध्यमबाट समकक्षता प्रमाणपत्र दिइने ।
♦ स्वाध्यायन सामग्री निर्माण र सञ्चालन पद्धति विकास गरी त्यसको प्रचारप्रसार गर्ने ।